Logo

बिहीबार थपिए कोरोनाका १२४६ संक्रमित, १२४३ जना डिस्चार्ज

बिहीबार थपिए कोरोनाका १२४६ संक्रमित, १२४३ जना डिस्चार्ज



काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ७२ प्रतिशत हो। हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ छ।

पछिल्लो २४ घण्टामा मृतक थप ४ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ३ सय ८३ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्