Logo

कनेक्ट आईपीएसमा जोडिए थप १० बैंक , अनलाईन भुक्तानी सहज

कनेक्ट आईपीएसमा जोडिए थप १० बैंक , अनलाईन भुक्तानी सहज



काठमाडौं । कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ(भेरिफाई गर्ने सुविधा थप १० बैंक तथा वित्तीय संस्थामा उपलब्ध भएको छ । वाणिज्य बैंकहरु नेपाल बंगलादेश, मेगा, लक्ष्मी, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू, विकास बैंकहरु मुक्तिनाथ, कामना सेवा र ज्योती विकास बैंक तथा आईसीएफसी फाइनान्समा उक्त सुविधा उपलब्ध हुन थालेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थामा पनि यो सुविधा थपिने आवश्यक प्रक्रिया भइरहेको छ । यो अनलाइन सुविधासँगै बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्न बैंकको शाखा पुग्नु पर्दैन । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्छन् ।

यस प्रक्रियामा ग्राहकको विवरण, ओटीपी र माइक्रो डिपोजिटको आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसन हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्