Logo

वामदेव गौतम आजदेखि बने सांसद, राष्ट्रपतिले गरिन राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत

वामदेव गौतम आजदेखि बने सांसद, राष्ट्रपतिले गरिन राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत



काठमाडौं । राष्ट्रियसभामा रिक्त १ सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम मनोनीत भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको सिफारिसका आधारमा तत्कालै नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष हुनेछ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL