Logo

प्रधानमन्त्रीले बोलाए १२ बजे मन्त्रिपरिषद् बैठक, यस्ता छन् एजेण्डा

प्रधानमन्त्रीले बोलाए १२ बजे मन्त्रिपरिषद् बैठक, यस्ता छन् एजेण्डा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बताइएको छ ।

आजको बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने एजेण्डा रहेको बताइएको छ ।

सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले बतायो।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गर्छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ। गत वर्ष सरकारले संविधान दिवस (असोज ३)का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न खाले सम्मान र पदक दिने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL