Logo

भोलीदेखि लामो रुटका सार्वजनिक यातायात संचालनमा आउने, यस्ता छन् पालना गर्नुपर्ने मापदण्ड

भोलीदेखि लामो रुटका सार्वजनिक यातायात संचालनमा आउने, यस्ता छन् पालना गर्नुपर्ने मापदण्ड



काठमाडौं । भोलीदेखि नेपालभर लामो दुरीका सार्वजनिक यातायात संचालनमा आउने भएका छन् । बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तिनवटा ट्रेड यूनियन हरुले उक्त सहमति जुटाएका हुन् । चैत्र ११ गते देखि बन्द रहेको सार्वजनिक यातायात भोलीबाट संचालनमा आउने भएका हुन् ।

यसबारेमा आजै उक्त महासंघ र तिनओटा ट्रेड युनियनहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्ती वसन्तकुमार नेम्वाङसँग छलफलसमेत गरेको थिए । सोही अनुसार उक्त बैठकमा व्यवसायी तथा मजदुरहरुले सार्वजनिक यातायात संचालन गर्ने सहमति जुटेको हो । तर लामो दुरीका सार्वजनिक सवारी संचालनका लागि महासंघले विभिन्न मापदण्डहरुसमेत बनाएको छ ।

जसअनुसार स्वास्थ्य सुरक्षासम्बन्धी सम्पुर्ण तयारी अनिवार्य गर्ने सवारी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्ने लगायतका मापदण्ड बनाएको छ । यस्तै मापदण्डमा तोकिएको भाडादरभन्दा ५० प्रतिशत थप भाडा लिएर यात्रा गराउनेसमेत उल्लेख गरिएको छ । साथै यात्रुहरुले यात्रा अवधिभर माक्स लगाएर यात्रा गर्नुपर्नेछ । सवारी साधनमा चढ्दा ओर्लदा र लामा तथा मध्यम दुरिको हकमा खाना खाजा खाने समयमा भिडभाड नगरि भौतिक दुरी कायम गर्न पर्नेसमेत मापदण्डमा उल्लेख छ ।

यस्तै सवारी धनिले समेत सवारीमा चढ्नु अघि यात्रुलाई स्यानिटाईजरको व्यवस्था गर्नु पर्ने छ भने सम्पूर्ण यातायात श्रमिकहरुको कोराना बिमा गर्न बाकी रहेका कामहरु सबै कम्पनीहरुले तत्काल गर्नुपर्नेछ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्