काठमाडौं । भारतले प्याज निकासीमा प्रतिबन्ध गर्ने निर्णय गरेसँग नेपालमा यसको भाउले २ दिनमै आकाश छोएको छ । केही कुराको कालोबजारीको सुईँको पाउनेवित्तीकै बजार अनुगमनमा सर्वसाधारणझै निस्कने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट प्याजको पनि अनुगमनमा निस्किए ।
बुधबार बिहान ग्राहकजस्तै बनेर उनी कालिमाटी तथा बल्खुको तरकारी बजारमा प्याज किन्न गए । जसमा व्यापारीहरुले प्याज प्रतिकिलो १ सय २० रुपैयाँमा बेचिरहेको उनले पाए । अर्थात प्याजको मूल्य पछिल्लो २ दिनमै करिव १ सय प्रतिशतले बढीसकेको थियो ।
यसरी अनुगमन गर्दा कालीमाटीका २ जना र बल्खुका २ जना व्यवसायीलाई पक्राउ समेत गरिएको छ ।