Logo

लेदो झरेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध, लेदो हटाएर आवागमन सहज बनाउन काम हुँदैं

लेदो झरेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध, लेदो हटाएर आवागमन सहज बनाउन काम हुँदैं



मुग्लिन । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा आज बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए ।

‘खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन’”, तामाङले भने, ‘हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।’ निरन्तर पानी परिरहेकाले सो सडकखण्ड पटकपटक अवरुद्ध भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL