Logo

असोज १ देखि अन्तरराष्ट्रिय उडान र लामो दूरीका सार्वजनिक सवारी खुला गर्ने सरकारको निर्णय, होटल रेष्टुराँ पनि खुला

असोज १ देखि अन्तरराष्ट्रिय उडान र लामो दूरीका सार्वजनिक सवारी खुला गर्ने सरकारको निर्णय, होटल रेष्टुराँ पनि खुला



काठमाडौं । सरकारले असोज १ देखि अन्तरराष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले असोज १ गतेबाटै अन्तरराष्ट्रिय हवाई उडानका साथै लामो दूरीका सार्वजनिक यातायातका संचालनमा ल्याउने निर्णय गरेको हो ।

तर, अन्तरराष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पीसीआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ । साथै बैठकले पर्यटकहरुका कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्रा पनि खुला गर्ने निर्णय गरेको छ ।

हिमाल आरोहण तथा पदयात्राका लागि पनि पीसीआर रिपोर्ट नेगेटिभ चाहिने छ । यस्तै सरकारले लामो दुरीका सवारीसाधनमा पनि २ सिटमा एक जना यात्रु राख्ने र साविकको भाडादरमा ५० प्रतिशत थपेर लिन पाउने गरी निर्णय गरेको छ ।

यसैगरी सरकारले होटल तथा रेष्टुराँहरु पनि असोज १ गते बाट नै संचालनमा आउने निर्णय गरेको छ । यसअघि सोमबार मन्त्रिहरुले असोज ५ गतेदेखि सबै खुल्ने निर्णय भएको बताएका थिए । तर सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले मंगलबार निर्णयहरु सुनाउँदै १ गतेदेखिनै खोल्ने निर्णय भएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL