Logo

विद्युत प्राधिकरणबाट बिदा भए कुलमान, फेरि छिट्टै फर्किनुस भन्दै कर्मचारीले गरे बिदाई

विद्युत प्राधिकरणबाट बिदा भए कुलमान, फेरि छिट्टै फर्किनुस भन्दै कर्मचारीले गरे बिदाई



काठमाडौं । सोमबारको मन्त्रीपरिषद बैठकले कार्यकाल थप नगरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज प्राधिकरणबाट बिदा भएका छन् । उनलाई मंगलबार प्राधिकरणमा कर्मचारीहरुले औपचारिक कार्यक्रम गर्दै बिदाई गरेका हुन् ।

प्राधिकरणमा आयोजित कार्यक्रममा घिसिङले सबैको सहयोग र सहकार्यमा आफ्नो ४ वर्षे कार्यकाल सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा उनले आफ्नो कार्यकालमा भएको उपलब्धिबारे संक्षिप्त चर्चा गरेको प्राधिकरणका एक अधिकारीले बताए ।

बिदाई कार्यक्रममा धेरै कर्मचारीले कुलमानलाई फेरि छिट्टै फर्किनुस है भन्दै बिदाई गरेको एक कर्मचारीले बताए । दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य साथै घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका कारण घिसिङको पुनर्नियुक्तिको चर्च चलिरहेको छ ।

उनको भदौ २६ गते आइतवारबाट ४ वर्षे कार्यकाल सकिएसँगै सोमबारको मन्त्रिपरिषद बैठकले उनैलाई पुनर्नियुक्ति गर्ने आम आशा भएपनि मन्त्रीपरिषदमा भने कुलमानको विषयमा छलफल नै नभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL