Logo

भारतले लगायो प्याजको निर्यातमा रोक, नेपालमा भाउ आकाशिने संकेत

भारतले लगायो प्याजको निर्यातमा रोक, नेपालमा भाउ आकाशिने संकेत



काठमाडौं । भारत सरकारले प्याजको निर्यातमा रोक लगाएको छ । काटिएको र पाउडर फर्मबाहेक सबै किसिमका प्याजको निर्यातमा भारतले प्रतिबन्ध लगाएको हो ।

धेरै वर्षाका कारण उत्पादनमा असर परेको भन्दै घरेलु माग पूरा गर्न र प्याजको मूल्य कम गर्ने उद्देश्यले उठाइएको बताइएको छ। हाल दिल्लीमा प्याज ३५ देखि ४० भारुमा बिकिरहेको छ ।
वाणिज्य र उद्योग मन्त्रालयले एक अधिसूचना जारी गर्दै यस्तो आदेश दिएको हो । यो प्रतिबन्धको दायरामा बेंगलुरु र कृष्णापुरममा फल्ने प्याज पनि पर्दछन् । अधिसूचनामा लेखिएको छ, ‘प्याजका सबै किसिमको निर्यातमा तत्काल रोक लगाइएको छ ।’

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा भने प्याजको मूल्य आकाशिने संकेत देखिएको छ । भारतले प्याज निर्यात रोकेकै भोलिपल्ट काठमाडौंमा प्याजको मूल्यमा १५ देखि ३० रुपैयाँसम्म महँगो भएको छ । यसले केही समयअघिको २३० रुपैयाँको मूल्य छुन सक्ने प्याज व्यापारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL