Logo

मन्त्रिपरिषद बैठकद्धारा बामदेव गौतम राष्ट्रिय सभाका लागि सिफारिस

मन्त्रिपरिषद बैठकद्धारा बामदेव गौतम राष्ट्रिय सभाका लागि सिफारिस



काठमाडौं । सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा रिक्त एक सदस्य पदमा गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि बर्दियाबाट चुनाव हारेका गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

पार्टीको सो निर्णयको आधारमा सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL