बिजखबर संबाददाता
११ असोज,काठमाडौं । नेपाल आयल निगमले सोमवारबाट कोटा प्रणाली लागु गरी निश्चित पेट्रोलपम्पबाट पेट्रोलियम पदार्थ वितरण गरेको छ । निगमले आज ६० ६० वटा पम्पबाट डिजेल वितरण गरेको हो । सुरक्षा निकाय र साझाका पम्पलाई प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थ दिइरहेको छ ।
निगमले लागु गरेको नयाँ नियम अनुसार मोटरसाइकल तथा स्कुटरले हप्तामा ३ लिटर मात्र पेट्रोल पाउँछन् ।
त्यस्तै निजी कारले सातामा १० लिटर तथा सार्वजनिक सवारीसाधनलाई भने जोर/बिजोर नम्बर प्रणाली लागू गरिएको छ ।
सो व्यवस्था अनुसार १० लिटरदेखि ३० लिटरसम्म दिइने भएको छ । निगमले ट्याक्सीलाई पालोअनुसार १ दिन विराएर १० लिटर दिने भएको छ भने माइक्रोबसलाई १५ लिटर दिइने छ ।
यसैगरी, मिनिवसलाई २० लिटर दिइने भएको छ भने ठूला वसलाई ३० लिटर दिइने वरालले जानकारी दिए ।
भाडाका सवारी साधनले भने तल भर्दा ब्लुबुक देखाउन पर्नेछैन ।