Logo

पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु



काठमार्डौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १० हजार ८ सय ७८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । उनीहरुमध्ये २ सय ६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८ सय ७९ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर १५ हजार ३ सय ९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ३ सय ६० जनामा कोरोना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्