Logo

निगमका पाइलट विजय लामासहित दुई पाइलटमा कोरोना संक्रमण पुष्टि, सोल्टी होटलको आइसोलेसन राखियो

निगमका पाइलट विजय लामासहित दुई पाइलटमा कोरोना संक्रमण पुष्टि, सोल्टी होटलको आइसोलेसन राखियो



काठमाडौं।नेपाल वायुसेवा निगमका पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान स्टार अस्पतालमा गरीएको स्वाब परीक्षणमा लामालाई कोरोना पुष्टि भएको हो । संक्रमति उनी हाल सोल्टी होटलको आइसोलेसनमा छन् ।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ। उनीहरु दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई दक्षिण सुडान लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL