Logo

सुन मूल्य बढ्यो, यस्तो आज नेपाली बजारमा सुनको भाउ

सुन मूल्य बढ्यो, यस्तो आज नेपाली बजारमा सुनको भाउ



काठमाडौँ । सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९६ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ ।

सोमबार चाँदीको मूल्य तोलामा १० रुपियाँले बढेर १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL