Logo

कोरोना बीमा अब निजी ल्याबको रिपोर्टपनि मान्य, कोरोना लागे सबै रकम एकैचोटी नपाईने

कोरोना बीमा अब निजी ल्याबको रिपोर्टपनि मान्य, कोरोना लागे सबै रकम एकैचोटी नपाईने



काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीका लागि अब निजी प्रयोगशालाको परीक्षण रिपोर्ट पनि मान्य हुने भएको छ । बीमा क्षेत्रको नियामकिय निकाय बीमा समितिले आईतबार कोरोना बीमा मापदण्ड २०७७ संशोधन गर्दै उक्त निर्णय गरेको हो । यसअघि समितिले सरकारी अस्पतालहरुको मात्रै परीक्षण रिपोर्ट मान्य हुने व्यवस्था गरेको थियो ।

यसअघि मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय माताहतका निकायबाट परीक्षण गरिएको रिपार्ट मात्रै दावी भुक्तानीका लागि मान्य हुने व्यवस्था रहेको थियो । यसको चौतर्फी आलोचना भए पछि समितिले मापदण्ड नै संशोधन गरेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ परीक्षणका लागि सूचीकृत निजी वा सरकारी जुनसुकै ल्याबको पनि रिपोर्ट मान्य हुने व्यवस्था गरेको हो ।

यस्तै समितिले उक्त मापदण्डमा संशोधन गर्दै अब सबै बीमा भुक्तानी एकैपटक नगर्नेसमेत निर्णय गरेको छ । यसअघि पिसिआर परिक्षण रिपोर्टमा कोरोना पोजेटिभ आएको प्रमाणित भएमा सबै दावी भुक्तानी पाईने अवस्था थियो । तर हाल भने उक्त मापदण्ड संशोधन गर्दै बीमा समितिले कोरोना पोजेटिभ भई होम आईसोलेसनमा बसेको खण्डमा राहतस्वरुप २५ प्रतिशत र बाँकी रकम अस्पताल भर्ना भएको प्रमाणित भई आएको बीलअनुसार अधिकतम ७५ प्रतिशतसम्म भुक्तानी गर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL