Logo

पीसीआर परिक्षण शुल्क आधाले घट्यो, अब २ हजार बढी लिन नपाईने

पीसीआर परिक्षण शुल्क आधाले घट्यो, अब २ हजार बढी लिन नपाईने



काठमाडौं । पीसीआर परिक्षणको शुल्क आधाले घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल पीसीआर परिक्षणको शुल्क २ हजार रुपैयाँ तोकिएको बताएको छ ।

आईतबार दैनिक कोरोना अपडेटमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पीसीआर परिक्षण गरेको २ हजार रुपैयाँ लिन पाउने बताएका हुन् ।

यसअघि सरकारले नै विभिन्न प्रयोगशालाले पीसीआर परिक्षण गरेवापत ४ हजार ४ सय रुपैयाँ लिन पाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्