Logo

अख्तियारबाट प्रमुख आयुक्त घिमिरेको बिदाई, ३ पदमा ४ को प्रतिस्पर्धा

अख्तियारबाट प्रमुख आयुक्त घिमिरेको बिदाई, ३ पदमा ४ को प्रतिस्पर्धा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आजदेखि अवकाश पाएका छने् । विसं २०७५ असोज ४ गते अख्तियार प्रमुख आयुक्तमा नियुक्त भएका उनको आइतबार उमेर हदका कारण पदावधि पूरा भएको हो । ६५ वर्ष पुगेका उनले उमेर हदका कारण २३ महिना अख्तियारको कार्यकाल सम्हाले ।

प्रमुख आयुक्त घिमिरेकले उमेर हदका कारण अनिवार्य अवकास पाएसँगै अख्तियारमा तीन जना आयुक्त नियुक्ति गर्ने तयारी सरकारले गरेको छ । जसमध्ये एकजना प्रमुख आयुक्त बनाइने छन् । अहिले अख्तियारको आयुक्तमा नियुक्तिका लागि पूर्व गृहसचिव प्रेमकुमार राई, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलीपकुमार रेग्मी र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवम नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीको नाम चर्चामा छ ।

अख्तियारमा एक जना प्रमुख आयुक्त र ४ जना आयुक्त रहने संवैधानिक व्यवस्था भएपनि अहिले डा सावित्री थापा गुरुङ र डा गणेशराज जोशीमात्र आयुक्तका रुपमा कार्यरत छन् ।

यस्तोमा सरकारले कस–कसलाई अख्तियारमा नियुक्ति गर्ला र को प्रमुख आयुक्त बन्लान भन्ने निकै चासोका साथ हेरिएको छ । सरकार निकट स्रोतका अनुसार अख्तियारमा पूर्व गृह सचिव राईले प्रमुख आयुक्तको जिम्मेवारी पाउने लगभग निश्चित भइसकेको छ । तर, बाँकी दुई आयुक्त पदमा राई, खनाल, अधिकारी र रेग्मी मध्ये को छानिने हुन भन्ने अहिलेसम्म निश्चित नभइसकेको स्रोतले बतायो ।

केही समयअघि जसपा सांसद डा. सुरेन्द्र यादब अपहरण काण्डको नाममा आएको घटनामा विवादमा परेका पूर्वप्रहरी महानिरीक्षक खनाललाई प्रधानमन्त्रीले नै आयुक्तमा नियुक्तिका लागि बचन दिएको स्रोतले बतायो । यसैगरी अधिकारी लामो समयदेखि नेकपा निकटस्थ रहेर काम गर्दै आएका व्यक्ति भएकाले उनको पनि सम्भावना बलियो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL