Logo

आज सुनको मूल्य स्थिर, प्रतितोला ९६ हजार १ सयमा कारोबार हुँदैं

आज सुनको मूल्य स्थिर, प्रतितोला ९६ हजार १ सयमा कारोबार हुँदैं



ठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३१० कायम रहेको महासंघले जनाएको छ । गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो । विहिबार सुन ९६ हजार ८ सयमा कारोबार भयो भने शुक्रबार ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL