Logo

काठमाडौंमा ४३१ जना कोरोना संक्रमित थपिए, देशभर ८५२ जना कोरोना संक्रमण मुक्त भई घर फर्के

काठमाडौंमा ४३१ जना कोरोना संक्रमित थपिए, देशभर ८५२ जना कोरोना संक्रमण मुक्त भई घर फर्के



काठमाडौं। काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय १ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय ३१ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले १० हजार १ सय ७६ जनाको पिसीआर परिक्षणमा १२ सय १ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ८५२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ३५ हजार ५ सय २४ रहेको छ ।

काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३७७ जना र ललितपुरका ३७ जना र भक्तपुरका १७ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ५३ हजार १ सय २० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्