Logo

उपत्यकामा थपिए हालसम्मकै बढी कोरोना संक्रमित, काठमाडौंमा मात्रै ४९५ जनामा संक्रमण पुष्टि

उपत्यकामा थपिए हालसम्मकै बढी कोरोना संक्रमित, काठमाडौंमा मात्रै ४९५ जनामा संक्रमण पुष्टि



काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा हालसम्मकै बढी ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमितमध्ये काठमाडौंका ४ सय ९५ जना, ललितपुरका ४३ जना र भक्तपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्