Logo

पछिल्लो २४ घण्टामा थपिए १२ सय ४६ संक्रमित, १८ सय १८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए १२ सय ४६ संक्रमित, १८ सय १८ जना डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४ सय ३८ जना रहेका छन् ।

यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय १८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७ सय पुगेको छ । यस्तै आज ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्