Logo

सुनको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो आजको मूल्य ?

सुनको मूल्यमा सामान्य वृद्धि, कति पुग्यो आजको मूल्य ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज ४ सयले बढ्दै सुन ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।

आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो । आज सुन ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार ३ सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्यमा पनि १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १् हजार ३ सय २५ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL