Logo

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई भन्छन -यो मुलुकमा जहाँ हात हाल्यो त्यही भद्रगोल मात्रै छ, रेलवे सुधार्न प्रयास गरिरहेको छु

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई भन्छन -यो मुलुकमा जहाँ हात हाल्यो त्यही भद्रगोल मात्रै छ, रेलवे सुधार्न प्रयास गरिरहेको छु



काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले यो मुलुकमा जहाँ हात हाल्यो त्यही भद्रगोल मात्रै रहेको गुनासो पोखेका छन् । बिहीबार बिहानै सामाजिक सञजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै भट्टराईले आफु महाप्रबन्धक भएर आएपछि रेलवे सुधार्न प्रयास गरिरहेको बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेको जस्ताको तस्तै :

आज साँझको कान्तिपुर समाचारमा आएको समाचारमा मेरो ध्यान आकर्षित भएको छ । रेल्वेको सम्पति रेखदेख नभएर चोरी भएको र १५ जना कर्मचारी तलव खाएर बसेको भन्ने समाचार प्रकाशित भएको सुनियो । यस बिषयमा भ्रम सिर्जना नहोस भनेर रेल्वेको महा प्रवन्धकको हैसियतले मैले सत्य कुरा राख्नै पर्छ । नेपालको रेल्वे यातायात सस्थान अन्तर्गत थियो । यस अन्तर्गत ट्रली बस, रोप वे, रेल्वे थियो । २०६० सालमा यातायात सस्थान बिघटन भएपछि २०६१ सालमा जनकपुर जयनगर रेल्वे संचालनको निम्ति नेपाल रेल्वे कम्पनि स्थापित भयो र यसले जयनगर जनकपुर रेल संचालन गरिरहेको थियो । २०७० सालमा यो रेल्वेलाइ अपग्रेड गरेर जयनगर बर्दिबास रेल्वे निर्माण गर्न भारत सरकारको अनुदानमा आयोजना सुरु भयो ।

म आउनु अघि रेल्वेको सबै सम्पति भौतिक योजना मन्त्रालय अन्तर्गत रेल्वे बिभागलाइ सुन्पिएको स्थिति हो । आजसम्म ति सम्पति रेल्वे कम्पनिको नाममा बिधिवत आएको छैन । म रेल्वेको महा प्रवन्धक नियुक्त भएपछी रेल्वेसंग सम्बन्धित सम्पति खोजी गर्ने, त्यसको ब्यापारिक बिस्तार गर्ने, जनकपुरको मुटुमा रहेको १० लाख स्क्वाएर फिट जमिनको ब्यबस्थापन गर्न ब्यापारिक योजना बनाउने क्रममा छु । यद्धपि ति सम्पति रेल्वेको नाममा आइसकेको छैन । रक्सौल (भारत) मा रहेको झन्डै तिस बिगाहा जमिन मध्य धेरै जमिन भारतिय नागरिकले अतिक्रमण गरेकाले सो खाली गर्न भारत सरकारलाइ पत्राचार गरेको छु ।

नेपालमा चलेको पुरानो एैतिहासिक स्टिम इन्जिन दुर्लभ भएकाले यसलाइ सग्राहलयको रुपमा बिकास गर्ने सोचिरहेको छु । म संग भएका पुराना १२ जना स्थायी कर्मचारी मध्य अधिकांस तल्लो स्तरका कर्मचारी छन र ति मध्य धेरैको अवकाशको समय भएको छ । ति कोही पनि प्राबिधिक वा प्रशासनिक कर्मचारी हैनन । म वर्तमानमा लगभग जियम र पियनको काम आफै गरिरहेको अवस्था हो । म स्क्र्याचबाट मरेको कम्पनि उठाउने ठाउमा आएको छु र मलाइ सरकारबाट २००% सहयोग छ ।

दुखको कुरा भारतले निर्माण गरेको जयनगर बर्दिबास रेल्वेको जयनगर – बिजलपुरा खन्डमा निर्माण ट्र्याकको लगभग ६ हजार फलामे क्लिप स्थानियबाट चोरी भएको छ । स्टेसनमा निर्माण भवनहरुको टायल फुटाइएको छ, बिजुली बत्ति र फ्यानहरु चोरी भएको छ । नव निर्माण भवनहरु बर्षौ पुराना जस्ता जिर्ण देखिन्छन । भारतले यस बिषयमा बार बार नेपाललाइ सचेत गराएको देखिन्छ तर हाम्रै लापरबाहीले तिनको उपयुक्त शुरक्षा नगरेको र स्थानिय सरकारले बेवास्ता गरेको देखिएको छ ।

म आएपछी भारतले नेपाललाइ सम्रचना हस्तान्तरण नगरेसम्म अर्थात रेल बिभागले संचालन योग्य रुपमा रेल्वे कम्पनिलाइ हस्तान्तरण नगरेसम्म उक्त सम्रचना नबुझ्ने कुरा भनिसकेको छु । भारतले बिगारिएका उक्त सम्रचना एक पटक पुन मर्मत गर्ने वाचा गरेको छ । ती सम्रचना मरम्मत भएपछी रेल्वे कम्पनिले आफ्नै कर्मचारी मार्फत रेखदेख गर्ने छ । यसको निम्ति कर्मचारी माग निकटमा गर्ने छु । नेपालले खरिद गरेको आधुनिक २ वटा रेल केही दिनमै बुझ्ने, टेस्टिङ कमिसनिङ गर्ने तय भएको छ । कोभिडको स्थिति नियन्त्रण हुने बित्तैकै रेल संचालन हुनेछ ।

नेपालका मेडिया कर्मचारी तर्साएर ब्ल्याकमेल गर्ने र पैसा अशुल्ने नियतसाथ समाचार बनाउँछन । म तिनको निम्ति काँढा भएको छु । त्यसैले म सम्बध्ध समाचार मलाइ नसोधि मनपरी लेख्ने गरेका छन । म फेरि पनि भन्छु; हिम्मत हुने मेडियाले मसंग सम्बाद गर्नुस त तथ्य सत्य समाचार प्रकाशन गर्ने हिम्मत गर्नुस । म न लुट्न दिन्छु, न लुट्छु – यति चै पहिले माइन्ड मेकअप गर्दा हुन्छ ।

यो मुलुकमा जहाँ हात हाल्यो त्यही भद्रगोल मात्रै छ । मैले लुकाउनु पर्ने कुरा केही छैन । यी सारा भद्रगोल र रेल्वेको सम्पति खोज्न म गंभिर रुपमा लागेको छु र यसको ब्यापारिक गुरु योजना कसरी बनाउने र यसलाइ नाफामुखी कसरी बनाउने भन्नेमा म पुर्ण रुपमा सचेत छु । यसका बिभिन्न मोडेल हरुका बिषयमा युरोप, चीन लगायतका मुलुकमा कसरी काम भैरहेका छन भन्ने कुरा त्यहाको रेल्वेमा काम गरेका मेरा मित्रहरुसंग सल्लाह लिरहेको छु । मुलुक भित्रैका यातायात बिज्ञ अग्रजहरुसंग पनि इन्पुट लिने चरणमा छु । त्यसैले म सम्मानिय प्रम र माननिय मन्त्रिज्युको सपना र यसको उपयुक्त बिकासमा अधिकतम योगदान गर्ने कुरामा प्रतिबद्ध छु । आम नागरिक र यससंग चासो राख्ने प्राबिधिक मित्रहरुको सहयोग सधै अपेक्षा गर्छु । मुलुक निर्माणमा एउटा इट्टा थप्ने बाहेक म संग कुनै स्वार्थ छैन । गलत समाचारको भ्रममा नपर्नुस , गलत भए तथ्य र तर्क सहित आलोचना पाउँ । धन्यबाद !!

प्रतिक्रिया दिनुहोस्
MBL