Logo

बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो : उद्योग व्यवसाय र सवारीसाधन चल्ने, यस्तो छ नयाँ व्यवस्था

बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो : उद्योग व्यवसाय र सवारीसाधन चल्ने, यस्तो छ नयाँ व्यवस्था



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निशेधाज्ञा बिहीबारदेखि खुकुलो हुने भएको छ । काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले अब निशेधाज्ञा खुकुलो गर्ने गरी गृह मन्त्रालयमा सिफारिस गरेपछि केही खुकुलो हुने निश्चित भएको छ । गत भदौ ३ गतेदेखि लागु गरिएको निशेधाज्ञा दोस्रो पटक बढाएको मिति आज राति सकिँदैछ ।

उपत्यकाका सीडीओहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेर अनुमोदनका लागि मंगलबार गृह मन्त्रालयमा पठाएका छन् । सो मोडालिटी गृहबाट अनुमोदन भइसकेपछि सीडीओहरुले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएको निर्णय गर्नेछन् । सोही अनुसार अब काठमाडौंमा निशेधाज्ञाको मोडालिटि नै परिवर्त हुने भएको छ । जसअनुसार दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्न दिईने सिफारिसमा उल्लेख छ ।

यस्तै उपत्यका नगरपालिका मेयर फोरमले गृहमा पठाएको सिफारिसमा भोलीदेखि निजी सवारीलाई पनि जोर विजोरमा चल्न दिने उल्लेख छ । निजी कार्यालय, उद्योग एवम कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने दिईने सिफारिसमा उल्लेख छ।

तर होटल रेष्टरेन्ट,सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थलहरु भने अझै खुला नगरिने भएको छ ।
नगरपालिका मेयर फोरमको हिजो बसेको बैठकले काठमाडौँ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।

यस्तै भोलीदेखि नै उपत्यकामा सार्वजनिक यातायात पनि संचालन गरिने समेत निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL