Logo

अव ग्याँस नभएको उद्योगीको भनाइ, सवै ग्याँस भारतमै रोकिए

अव ग्याँस नभएको उद्योगीको भनाइ, सवै ग्याँस भारतमै रोकिए


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० असोज, काठमाडौं । एलपी ग्याँस उद्योगीहरुले उद्योगमा ग्यास नरहेको बताएका छन् । उद्योगमा भएको ग्यास सकिएको भन्दै भारतबाट नआएसम्म वितरण गर्न नसकिने बताएका छन् । ‘नाकाबन्दीका कारण असोज ८ गतेदेखि ग्याँस नै लोड भएको छैन,’ एलपी ग्यास उद्योगी संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘त्यसअघि लोड भएका ग्यास पनि सीमा पारी नै रोकिएकाले वितरण सक्ने अवस्था छैन ।’

सघले आकस्मिक नाकाबन्दीका कारण हाल कुनैपनि उद्योगहरुमा ग्यास मौज्दात नरहेकाले खाना पकाउने एलपी ग्याँस जस्तो अति आवश्यक पदार्थको आपूर्ति सुचारु गर्न नेपाल सरकारसँग हार्दिक आव्हान गरेको छ । संघले ग्याँस अभाव हुनुमा मुख्य गरी तराईमा लामो समयदेखि भइराखेको बन्द हड्ताल भएको बताएको छ । यसैगरी, भारतमा विभिन्न रिफाइनरीबाट लोड भएका बुलेटहरु समेत भारतीय भूमिमा रोकिनु तथा इण्डियन आयल कर्पोरेसनले लोड नै नगर्नु र शुक्रबार देखि भएको आकस्मिक नाकाबन्दीले गर्दा ग्याँस अभाव भएको जनाएको छ ।

‘शुक्रबारदेखि पूर्ण रुपमा नाकाबन्दी गरेकाले खाना पकाउने एलपी ग्याँस जस्तो अति आवश्यक पदार्थको आयात नै अवरुद्ध भई थप जटिलता उत्पन्न हुन गएको व्यहोरा उपभोक्ताहरुलाई जानकारी गराइन्छ,’ जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL