Logo

यातायात व्यवस्था विभागमा जागिरको अवसर, १० कक्षादेखि प्लस टु पास गरेकालाई मान्यता

यातायात व्यवस्था विभागमा जागिरको अवसर, १० कक्षादेखि प्लस टु पास गरेकालाई मान्यता



काठमाडौं । यातायात व्यवस्था विभागले विभिन्न ३२ जना कर्मचारीलाई करारमा नियुक्ती गर्ने भएको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि ३२ जनाको दरखास्त खुलाएको जनाएको हो । विभागका अनुसार दर्ता सहायक ४ जना, ईनरोलमेन्ट अफिसर ११ जना र स्टोर किपर ३ जना माग गरेको छ ।

यसका लागि प्लस टु पास गरी कम्प्युटर, क्यामरा तथा स्क्यानरमा सिप भएको हुनुपर्नेछ । यस्तै विभागले मेकानिक ११ जना र रनर ३ जनाका लागि समेत आवेदन माग गरेको छ । जसका लागि विभागले एसईई उत्तिर्ण गरी गाडीको च्यासिस नम्बर र नम्बरमा पि भएको जनशक्ती आवश्यक मानिएको छ । साथै रनरका लागि भने १० कक्षा पास भई कार्यालयको बारेमा धेरथोर ज्ञान भएको हुनुपर्नेछ ।

यातायात व्यवस्था विभागमा जागिरको अवसर, १० कक्षादेखि प्लस टु पास गरेकालाई मान्यता

प्रतिक्रिया दिनुहोस्