Logo

पछिल्लो २४ घण्टामा १०८१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ३१२ पुग्यो

पछिल्लो २४ घण्टामा १०८१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ३१२ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा देशभरका प्रयोगशालामा ११ हजार १ सय ६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । उनीहरुमध्ये ३ सय १२ जनाको मृत्यु भएको छ ।

यस्तै हालसम्म ३३ हजार ८ सय ८२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्