Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव दिएको छ ।

कोरोना संक्रमितको संख्या नघटेको भन्दै मन्त्रालयले निषेधाज्ञा थप गर्न सुझाव दिएको हो । थप एक साता निषेधाज्ञा लम्ब्याए महामारी नियन्त्रणमा सहज हुने मन्त्रालयले जनाएको छ।

भदौ ४ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदै छ। यसअघि मन्त्रालयले दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउपर्ने मापदण्ड बनाएको थियो ।

उपत्यका नगरपालिका फोरमले भने उपत्यका प्रवेश गर्ने नाकामा कडाई गरी जनजीवन सहज बनाउन सुझाव दिएको छ । तर कतिपय विज्ञहरुले समेत निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै निषेधाज्ञालाई खुकुलो बनाइ जनजीवनलाई सामान्य बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL