Logo

काठमाडौको निषेधाज्ञाबारे आज निर्णय आउँदै, मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा भने कायमै राख्ने तयारी

काठमाडौको निषेधाज्ञाबारे आज निर्णय आउँदै, मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा भने कायमै राख्ने तयारी



काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समयावधि आज राती सकिदै छ । निषेधाज्ञाबारे आगामी दिनका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले मंगलबार छलफल गरेको थियो । । सरकारी निकाय, जनप्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार छलफल गरेको र आएका सुझावको आधारमा निषेधाज्ञाबारे उपयुक्त निर्णय गरिने भन्दै हिजो घलफल भएपनि निषेत्राज्ञाबारे निर्णय भने आज हुने छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा जारी भएपछि हालसम्मको अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा अपनाउने रणनीतिका बारेमा मंगलबार बिहानैदेखि विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरिएको जानकारी दिए । उपत्यकाको नगरपालिकाका प्रमुख तथा प्रतिनिधिसहित तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच पनि छलफल भएको छ ।

यस्तै जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठक बसेको र उद्योग तथा वाणिज्य क्षेत्रका प्रतिनिधिसँग समेत सुझाव लिइएको प्रजिअ दाहालले जानकारी दिए ।

साँझ गृह मन्त्रालयसँग समेत परामर्श लिइएको उनले जानकारी दिए । ‘विभिन्न कोणबाट सुझाव आएको छ, त्यसलाई एकीकृत गरेर एउटा निर्णयमा पुगिन्छ’, प्रजिअ दाहालले रासससँग भने, ‘सहजीकरण गर्नेतर्फ ध्यान गएको छ ।’ उपत्यका नगरपालिका फोरमले भने खुकुलो बनाउन सुझाव दिइसकेको छ भने निजी क्षेत्रले पनि व्यवसाय चलायमान बनाउन माग गर्दै आएको छ । काठमाडौँ उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

काठमाडौँ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा मंगलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा जोरविजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौँ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।

नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले नाकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने फोरमको निष्कर्ष रहेकोसमेत उनले जानकारी दिए । यस्तै फोरमले विहिबारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सरकारले स्थानीय सरकार सञ्चालन ऐन संसोधन गर्न लागेकाले त्यसका लागि सुझाव दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको श्रेष्ठले जानकारी दिए ।

मंगलबाका सबै छलफल र सुझावअनुसार काठमाडौं उपत्याकामा निषेधाज्ञा मोडालिटी परिवर्तन गरेर कायमै राख्ने तयारी भइरहेको एक अधिकारीले जानकारी दिए । मेयरहरुको फोरमले दिएको सुझावअनुसार निजी सवारी जोर बिजोरमा सञ्चालन हुन सक्ने तथा केही व्यवसाय निश्चित शर्तसहित खुल्न अनुमति प्रदान गर्नेबारे आज थप परामर्शपछि निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL