Logo

विद्युत प्राधिकरणमा कुलमान नै दोहोरिने पक्का, ऊर्जा मन्त्रालयले तयार पार्यो प्रस्ताव

विद्युत प्राधिकरणमा कुलमान नै दोहोरिने पक्का, ऊर्जा मन्त्रालयले तयार पार्यो प्रस्ताव



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ दोहोरिने भएका छन् । घिसिङको चार वर्षे कार्यकाल भदौ २९ गते सकिने भएसँगै कुलमानको पुनः नियुक्ति के हुन्छ भन्नेमा आम चासो देखिएको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि कुलमानलाई प्राधिकरणमा पुनः ल्याउनेबारे छलफल भएको बताइएको छ ।

जनस्तरबाटै धेरै दबाब आएकाले त्यसको विपरीत जान नसक्ने प्रचण्डको सुझावलाई प्रधानमन्त्री ओलीले पनि सकारात्मक लिएको खुमलटार स्रोतले बताएको छ ।

बिहिबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीले प्रस्ताव लैजान सोमबार मन्त्रालयले फाइल उठाएको मन्त्रालय स्रोतले बताएको छ।

दुई साताअघि कुलमानलाई सरकारले पुनः नियुक्ति दिएको भन्दै सामाजिक सञ्जालदेखि मिडियाहरुसम्ममा समाचारसमेत प्रकाशित भएको थियो । सोपश्चात सरकार घिसिङसँग अससन्तुष्ट बनेको बताइएको थियो ।

त्यसपछि कुलमानले आफ्नो नाममा फेक एकाउन्ट खोलेर आफूलाई बदनाम गरिएको भनेर स्पष्टीकरण दिदैं मुलुमा लोडसेडिङ घटाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन रहेको भन्दै आफूले मात्र काम नगरेको बताएका थिए ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यम मात्र होइन, नागरिकस्तरमै कुलमानलाई पुनः नियुक्ति दिनुपर्ने भन्दै लबिङ गरेपछि ऊर्जामन्त्री वर्षमान पुनले केही समयअघि कुलमानलाई पुनः नियुक्ति दिनेबारे सरकारले गृहकार्य गरिरहेको बताएका थिए ।

चार वर्षअघि प्रचण्ड नै प्रधानमन्त्री भएका बेला कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । उनी आउँदा मुलुकमा १५–१६ घन्टासम्म लोडसेडिङ थियो ।

तर, देशमै उत्पादित बिजुली र भारतबाट ४५० मेगावाट खरिद गरेर भए पनि घिसिङले उपयुक्र व्यवस्थापन गर्दै देशलाई लोडसेडिङमुक्त बनाएका थिए । जसका कारण अहिले देशैभरका जनता घिसिङका पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL