Logo

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ थियो । यस्तै हिजो तेजावी सुन प्रति तोला ९५ हजार ६ सय रूपियाँमा कारोकार भएको थियो । आज तेजावी सुनको मूल्य ९ हजार ३ सय मा कारोकार भइरहेको छ ।

हिजो चाँदीको मुल्य १ हजार ३ सय २० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय १० रूपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL