Logo

काठमाडौं उपत्यकामा थपिए ३२६ कोरोना संक्रमित, देशभर १७ सय ३६ जना डिस्चार्ज

काठमाडौं उपत्यकामा थपिए ३२६ कोरोना संक्रमित, देशभर १७ सय ३६ जना डिस्चार्ज



काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ९ सय ७९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई १७ सय ३६ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL