Logo

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक कुट्ने ६ जनामा कोरोना संक्रमण पुष्टि

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक कुट्ने ६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथयात्राका समय झडपका क्रममा ट्राफिकमाथि कुटपिट गर्ने ६ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।

झडपका क्रममा पक्राउ परेकामध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पुल्चोकमा गएको बिहीबार रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । एक ट्राफिक प्रहरीमाथि स्थानीयले निर्मम रूपमा कुटपिट गरेको भिडियो भाइरल भएपछि यसको यसको आलोचना भएको थियो ।

कुटपिटपछि करिब २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूमध्ये ६ जनामा कोरोना पुष्टि भएको हो । आजै उनीहरुको रिहाइको माग गर्दै स्थानीयले ललितपुरको सिडियो कार्यालय घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL