Logo

कोरोना संक्रमणबाट मृत्यु भएकाको अंग झिक्ने गरिएको भन्दै हल्ला फैलाउने एक जना पक्राउ

कोरोना संक्रमणबाट मृत्यु भएकाको अंग झिक्ने गरिएको भन्दै हल्ला फैलाउने एक जना पक्राउ



काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका मानिसहरुको अंग झिक्ने गरिएको भन्दै हल्ला फिंजाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुवास सुब्बा लिम्बु रहेका छन् ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । उनले कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको अंग झिक्ने गरिएको भन्दै विभिन्न युट्युव च्यानलहरुमा अन्तार्वार्ता दिएका थिए ।

प्रहरीका अनुसार उनलाई ललितपुर ढोलाहिटीस्थित उनको अन्तिम विकल्प आयुर्वेद क्लिनिकबाट पक्राउ गरिएको हो । उनलाई जनमानसमा झुटो भ्रम फैलाएको कसूरमा कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL