Logo

निजी ल्यावबाट प्राप्त कोरोना पोजेटिभ रिपोर्टलाई समितिले छानबिन गर्ने, बीमा समितिले गठन गर्याे समिति

निजी ल्यावबाट प्राप्त कोरोना पोजेटिभ रिपोर्टलाई समितिले छानबिन गर्ने, बीमा समितिले गठन गर्याे समिति



काठमाडौं । बीमा समितिले निजी ल्यावबाट कोरोना परिक्षण गराई पोजेटिभ भएकालाई बीमा दावी भुक्तानी नदिने विषयमा छलफल भएको छ । व्यापक आलोचना भएको कोरोना बिमाको दाबी भुक्तानी सम्बन्धमा बिमा समितिले निजी क्षेत्रसँग छलफल गरेको हो ।

सरकारी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएमात्र भुक्तानी गर्ने गरी बनाईएको मापदण्डमाथी आईतबार छलफल भएको हो । छलफलमा भदौ २१ गते सम्ममा बिमा कम्पनीहरुमा प्राप्त भएका सबै दाबीहरुमध्ये सरकारी निकायहरुबाट पोजेटिभ भएका दाबीहरुलाई ७ दिन भित्र भुक्तानी दिने सहमति भएको छ ।

यस्तै निजी प्रयोगशालाहरुबाट प्राप्त दाबीहरुको छानबिन गर्न बिमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ । बिमा मापदण्ड २०७७ बमोजिम समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिधि रहेको अनुदान व्यवस्थापन समिति बनाइ छानबिन गरिनेछ । उक्त समितिको सुझावका आधारमा दाबी भुक्तानी सम्वन्धी निर्णय गर्ने बीमा समितिले जनाएको छ ।

यता, बिमा समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड संशोधन नहुन्जेलसम्मका लागि कोरोना बिमालेख खरिद गरेका बीमितलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरुमा पीसीआर परिक्षण गर्न समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL