Logo

निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री, बोलाए तीनै संघका पदाधिकारी

निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री, बोलाए तीनै संघका पदाधिकारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग छलफल गर्ने भएका छन् । अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले आईतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले कोभिड १९ पछि अर्थतन्त्रका विषयमा कुराकानी गर्न निजी क्षेत्रलाई बोलाएका प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयका सचिवसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पनि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL