Logo

आईतबार कोरोनाका ९८० संक्रमित थपिए, काठमाडौंमा ३५४ जनामा संक्रमण पुष्टि

आईतबार कोरोनाका ९८० संक्रमित थपिए, काठमाडौंमा ३५४ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभरी ९ सय ८० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै आज काठमाडौं उपत्यकामा मात्रै ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ सय ९०, ललितपुर र भक्तपुरमा ३२ ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८ सय २६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL