Logo

निषेधाज्ञा खुकुलो बनाएर काठमाडौं प्रवेश नाकामा सेना परिचालन गर्न काठमाडौंका सिडियोको सुझाव

निषेधाज्ञा खुकुलो बनाएर काठमाडौं प्रवेश नाकामा सेना परिचालन गर्न काठमाडौंका सिडियोको सुझाव



काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको शिक्षा समितिअन्तर्गतको उपसमितिको बैठकमा आफ्नो धारणा राख्दै सिडिओ दाहालले यस्तो बताएका हुन् ।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा पूर्ण रुपमा कडाई गर्नेबारे भएको छलफलमा उनले काठमाडौं उपत्यका प्रवेश गर्ने नाका कडाई गर्नको लागि नेपाली सेना खटाउनुपर्ने तर्क गरेका छन् ।

पूर्ण रुपमा ठप्प पारिए काठमाडौं उपत्यकामा भोकमरीको अवस्था सिर्जना हुने बताउदै सेना परिचालन गर्दा व्यवस्थित हुने तर्क अगाडी सारेका छन् ।

उनले नेपाल प्रहरीलाई आफूले असक्षम र काम गर्न सकेन भनेर भन्न नखोजेको बताउँदै प्रहरीको धेरै जिम्मेवारी रहेकोले नाका व्यवस्थापन गर्न सेना खटाउनुपर्ने आवश्यकत्ता औंल्याए ।

उनले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा सेना खटाउनुपर्छ भनेर आफूहरुले यसअघि नै कोभिड १९ संकट व्यवस्थापन सेन्टरमा प्रस्ताव पठाई सकिएको भएपनि अहिलेसम्म कुनै निर्णय नभएको बताए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेकोले उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL