Logo

दसैंसम्म काठमाडौं नखोल्न ललितपुरका सिडियोको सुझाव, भने– चाडपर्वमा संक्रमण बढने भएकाले निषेधाज्ञा कायम राख्नुपर्छ

दसैंसम्म काठमाडौं नखोल्न ललितपुरका सिडियोको सुझाव, भने– चाडपर्वमा संक्रमण बढने भएकाले निषेधाज्ञा कायम राख्नुपर्छ



काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा दसैंसम्म उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएका छन्।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले अघिल्लो चाडपर्वमा निषेधाज्ञा कायम राखेकोले संक्रमण कम भएको बताउँदै निषेधाज्ञा केही खुकुलो पार्दै भएपनि दसैंसम्म राख्नुपर्ने बताएका हुन्।

उनले दसैंमा केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दसैसम्म राख्नुपर्ने बताउँदै चाडबाडमा मानिसको आवतजावत धेरै हुने भएकाले संक्रमण थप बढ्ने भएकाले त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL