Logo

चीनले बनाएको कोरोना भ्याक्सिनको ट्रायल पाकिस्तान र सर्बियामा पनि हुँदैं, नेपालमा किन शुरु भएन ?

चीनले बनाएको कोरोना भ्याक्सिनको ट्रायल पाकिस्तान र सर्बियामा पनि हुँदैं, नेपालमा किन शुरु भएन ?



काठमाडौँ । चीनले बनिरहेको कोरोनाविरुद्धको भ्याक्सिनको पाकिस्तानमा देशमा क्लिनिकल ट्रायल हुने भएको छ । चाइना नेशनल बायोटिक ग्रुप (सिएनबिजी) र सिनोभ्याक बायोटेक लिमिटेडले बनाइरहेको भ्याक्सिनको ट्रायल अब पाकिस्तान र सर्बियामा समेत हुने अनुमति पाएको छ ।

कोरोनाको भ्याक्सिन बनाउने दौडमा चीन समेत अगाडी रहेको देखिएको छ । यस अघि अनुमति बिना नै चीनले बनाएको कोरोनाको भ्याक्सिन अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मिलाई लगाएको रिपोर्ट बाहिर आएको थियो ।

भ्याक्सिनको ट्रायलको क्रममा सर्बिया र पाकिस्तानले अनुमति दिएसँगै चीनको भ्याक्सिन विश्वका बिभिन्न देशमा हुनेक्रम जारी रहेको छ । यसअघि युएई, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यो भ्याक्सिनको ट्रायल भइसकेको छ ।

सिएनबिजीले तेस्रो चरणको ट्रायलमा ५० हजार भन्दा बढी सहभागी हुने बताएको छ । चीनमा अहिले कोरोनाको संक्रमण लगभग शुन्य जस्तै भएकाले चीनले आफुले बनाइरहेका भ्याक्सिनको ट्रायल अन्य मुलुकमा गरिरहेको छ ।

यो भ्याक्सिन सिएनबिजीको वुहान र बेजिंग युनिटमा बनाइएको हो । पाकिस्तानमा बेजिंग युनिटमा बनाइएको भ्याक्सिन ट्रायल हुने बताइएको छ । नेपालमा पनि परीक्षणका लागि पहल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL