Logo

उद्योगपती विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त, गरे यस्तो ट्वीट

उद्योगपती विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त, गरे यस्तो ट्वीट



काठमाडौं । उद्योगपती विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन् । चौधरीले आज ट्वीटरमार्फत आफु कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् ।

उनले १० दिन अघि आफुलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत नै सार्वजनिक गरेका थिए । डाक्टरको सल्लाह अनुसार १० दिनसम्मको एकान्तवास पछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका हुन् ।

यस अघि उनले कोरोनाको कुनै लक्ष्ण नै नदेखिइकन स्वाप परीक्षण गराउँदा पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका थिए । कोरोना संक्रमणबाट मुक्त भएसँगै उनले सो अबधिमा हौसला प्रदान गर्ने इष्टमित्र, साथीभाई तथा सुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL