Logo

काठमाडौं उपत्यकामा ४०८ जनासहित थप १,०४१ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४५,२७७ पुग्यो

काठमाडौं उपत्यकामा ४०८ जनासहित थप १,०४१ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४५,२७७ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १,०४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाजागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ ।

आज ९शनिबार० काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप १,५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २७ हजार १२७ उपचारपछि निको भएका छन् ।

काठमाडौं उपत्यकामा थपिए ४०८ जना

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार नयाँ थपिने संक्रमितको बारेमा जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६ जनामा कोरोना संक्रमण देखिएको छ भने भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्‍टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL