Logo

रुसले बनाएको भ्याक्सिन एन्टीबडी निर्माण गर्न सफल, सुरक्षित र प्रभावकारी रहेको दाबी

रुसले बनाएको भ्याक्सिन एन्टीबडी निर्माण गर्न सफल, सुरक्षित र प्रभावकारी रहेको दाबी



काठमाडौँ । रुसले बनाएको कोरोनाको भ्याक्सिन स्पुतनिक-भी को शुरुवाती ट्रायलले शरीरमा एन्टीबडी बनाएको दाबी गरिएको छ ।

मेडिकल जर्नल लानसेन्टले रुसका बैज्ञानिकहरुले गरेको परिक्षणको आधारमा यस्तो रिपोर्ट प्रकाशित गरेको छ ।

स्पुतनिक-भी को ट्रयालमा परिक्षण गरिएकाहरुलाई कुनै असर नदेखिएको रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपि परिक्षणको नमुना भने थोरै रहेको बताइएको छ ।

यद्यपि अनुसन्धानकर्ताहरुले यो भ्याक्सिनलाई पुरै किसिमले सुरक्षित र प्रभावकारी रहेको प्रमाणित गर्न अझै धेरै समय र फराकिलो परिक्षण गर्नुपर्ने बताएका छन् ।

यो अनुसन्धान ७६ जना स्वास्थ्य स्वयंसेवकमाथि गरिएको लानसेन्टले उल्लेख गरेको छ । १८ देखि ६० बर्ष उमेर समुहमा गरिएको दुई समुहको अध्ययनमा हरेक समुहमा ३८–३८ जना रहेको उल्लेख छ । जसमा ५३ जना पुरुष र २३ जना महिला रहेका थिए ।

यस अध्ययनमा ८५ प्रतिशत स्वयंसेवकमा १४ दिनमा एन्टीबडी देखिएको र २१ दिनमा सबै स्वय सेवकमा एन्टीबडी देखिएको उल्लेख छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL