Logo

अर्थ तथा संचारमन्त्री खतिवडाले दिए पदबाट राजिनामा, भन्छन-वित्तीय संघीयताको जग बसाएर बाहिरिँदैछु

अर्थ तथा संचारमन्त्री खतिवडाले दिए पदबाट राजिनामा, भन्छन-वित्तीय संघीयताको जग बसाएर बाहिरिँदैछु



काठमाडौं । अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ राजिनामा बुझाएका हुन् । अर्थमन्त्रालयमा आयोजित विदाई कार्यक्रम पश्चात उनी प्रधानमन्त्री ओलीसमक्ष राजिनामा बुझाउन गएका हुन् ।

विदाई कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मन्त्रालयका कर्मचारीलाई धन्यवाद दिएका छन् । आफ्ना साढे २ बर्षे कार्यकाल सफल बनाउन मद्धत गरेको भन्दै उनले मन्त्रालयका सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका हुन । यस्तै उनले कार्यक्रममा आफ्ना पालामा वित्तीय संघीयता कार्यान्वयन चुनौतिपुर्ण भएपनि सोही अनुसार जिम्मेवारी सम्हालेर काम गरेको बताएका छन ।

तर अब वित्तीय संघीयतालाई थप उर्जाशिल र सन्तुलित बनाउनमा कर्मचारीको ठुलो हात रहने बताएका थिए । यस्तै उनले आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको बताएका छन् । आफ्नो कार्यकालमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत ठुलो उपलब्ध हाँसिल भएको उनको भनाई थियो ।

नेकपा सचिवालय बैठकले राष्ट्रिय सभामा वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेसँगे अर्थमन्त्री खतिवडाको सांसद पद अन्त्य भएको थियो । सोही अनुसार उनले सांसदसँग मन्त्री पदबाट पनि शुक्रबार राजिनामा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL