Logo

शुक्रबार हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, १३५६ जनामा संक्रमण पुष्टि हुँदा १३५४ डिस्चार्ज

शुक्रबार हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, १३५६ जनामा संक्रमण पुष्टि हुँदा १३५४ डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ६ सय ३८ नमुना परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

उनीहरुमध्ये २ सय ७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५ सय ६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ३ सय ५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरमा १८ हजार ४ सय ४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९ सय ४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL