Logo

अर्थमन्त्री खतिवडाले गरे राजिनामा दिने घोषणा, साँझसम्म राजिनामा दिने

अर्थमन्त्री खतिवडाले गरे राजिनामा दिने घोषणा, साँझसम्म राजिनामा दिने



काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।

राष्ट्रियसभा सदस्यमा बामदेव गौतमलाई लिने निर्णय भएसँगै अर्थमन्त्री खतिवडा बाहिरिने निश्चित भएको हो । सोही अनुसार उनले आजै साँझसम्म राजिनामा दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL