काठमाडौं । डा. उपेन्द्र बहादुर प्रधानाङ्ग ईश्वरीलाल श्रेष्ठको स्मृतिमा स्थापित पुरस्कारबाट सम्मानित भएका छन् । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा चार दशभन्दा बढी सेवा प्रदान गरेका प्रा. प्रधानाङ्गलाई यस वर्षको ईश्वरीलाल श्रेष्ठ स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका संयोजक प्रा. पुष्करराज बज्राचार्यले जानकारी दिए ।
६७ औं वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा प्रधानाङ्गलाई यो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । उक्त पुरस्कार केही दिनभित्रै प्रा. प्रधानाङ्गलाई हस्तान्तरण गरिने प्रतिष्ठानले स्व. श्रेष्ठका सुपुत्र डा. प्रकाशलाल श्रेष्ठले जानकारी दिए ।
त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराम शर्माले मुलुकको व्यवस्थापन शिक्षामा स्व। श्रेष्ठको योगदानको चर्चा गरे । उनले व्यवस्थापन विषय अहिलेको अवस्थामा आइपुग्नुमा श्रेष्ठजस्ता अग्रजहरुको योगदान रहेको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत विभिन्न व्यक्तिको सहभागिता थियो । प्रा. डा. रजनी श्रेष्ठले स्व. श्रेष्ठका योगदानका विषयमा चर्चा गरेकी थिइन् ।
प्रतिष्ठानका संयोजक प्रा। पुष्करराज बज्राचार्यले प्रतिष्ठान स्थापना गरेर वाणिज्य तथा व्यवस्थापन शिक्षामा अग्रजहरुको सम्मान र नयाँ पुस्तालाई प्रेरणा पुर्याउने लक्ष्य राखिएको जानकारी दिए ।