Logo

सुन तीन सातायताकै सस्तो, यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य

सुन तीन सातायताकै सस्तो, यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सातायताकै सस्तो भएको छ । बिहिबारको तुलनामा शुक्रबार सुन तोलाको १ सय रुपैयाँ सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता साउन २३ गते इतिहासकै उच्च तोलाको १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL