Logo

बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय, अर्थमन्त्री खतिवडा बाहिरिँदै

बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय, अर्थमन्त्री खतिवडा बाहिरिँदै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । यससँगै अर्थमन्त्री डा. युवराज खतिबाट बाहिरिने पक्का भएको छ । नेकपाले राष्ट्रियसभामा गौतमलाई पठाउने निर्णय गरेसँगै अर्थमन्त्री खतिवडा बाहिरिने पक्का भएको हो । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो । सचिवालयको बिहीबारको बैठकमा नेकपाको विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि पनि छलफल भएको थियो । ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको नेताहरुले बताएका छन् ।नको भदौ २० गते अर्थमन्त्रीको पद स्वतस् रिक्त हुँदैछ ।

डा. खतिवडा २०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ ग्रहण गरेका थिए । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन ।

सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए । अब पुनःनियुक्तिको ६ महिने कार्यकाल पनि समाप्त हुने समय आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL